एक लाख घुससहित सर्लाहीबाट भूमि प्रशासनका नासु अख्तियारको नियन्त्रणमा

एक लाख घुससहित सर्लाहीबाट भूमि प्रशासनका नासु अख्तियारको नियन्त्रणमा


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २० कार्तिक २०८३
  • 608
    Shares

काठमाण्डौ, १९ कार्तिक २०८३।

एक लाख घुससहित सर्लाहीबाट भूमि प्रशासनका नासु अख्तियारको नियन्त्रणमा परेका छन्।

सर्लाहीको भूमि प्रशासन कार्यालय मलंगवाका नायब सुब्बा निर्मल तिमलसिना एक लाख रुपैयाँ घुससहित अख्तियारको नियन्त्रणमा परेका हुन्।

सेवाग्राहीसँग मोही कायम भएको जग्गा नामसारी गरिदिने भन्दै घुस मागेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई पक्राउ गरेको हो। यसबारे आयोगका प्रवक्ता सुरेश न्यौपानेले बिहीबार विज्ञप्तिमार्फत जानकारी दिएका हुन्।

अख्तियारको बर्दिवास कार्यालयबाट खटिएको टोलीले सेवाग्राहीबाट घुसबापत लिइसकेको एक लाख रुपैयाँसहित उनलाई मंगलबार कार्यालयबाटै नियन्त्रणमा लिएको थियो।

उनीविरुद्ध बुधबार विशेष अदालतबाट म्याद थप गरी भ्रष्टाचार मुद्दामा अनुसन्धान अघि बढाइएको आयोगले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार