पोखरा, १९ कार्तिक २०८३।
पोखरामा स्कुटरको ठक्करबाट घाइते भएका एक पैदलयात्रीको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा उदयपुरको रौतामाई गाउँपालिका वडा नं ७ घर भइ हाल पोखरा महानगरपालिका–३२ मझुवा बस्दै आएका ५४ वर्षीय विष्णु आले छन्।
प्रहरीका अनुसार , आलेलाई ग १२ प ५८२५ नम्बरको स्कुटरले गएको कात्तिक १४ गते साँझ पोखरा–३२ धर्मकाटास्थित पृथ्वी राजमार्गमा पैदलयात्रा गर्दै गरेका बखत ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएकामा आलेलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार गर्दै गर्दा चिकित्सकले बुधबार मृत घोषणा गरेका प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा स्कुटर चालक तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडाकी २८ वर्षीया सृष्टि तिमिल्सिनासमेत घाइते भएको र उनको उपचार भइरहेको प्रहरीले जनाएको छ।