पोखराको कालिका स्कुल बस दुर्घटना : विद्यालयको चरम लापरवाही – छानबिन प्रतिवेदन

पोखराको कालिका स्कुल बस दुर्घटना : विद्यालयको चरम लापरवाही – छानबिन प्रतिवेदन


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १२ कार्तिक २०८३
  • 57
    Shares

पोखरा, १२ कार्तिक २०८३ ।

पोखराको कालिका स्कुल बस दुर्घटना

पोखरा महानगरपालिका वडा नं. २८ माझठानास्थित ओख्ले भीरमा भएको कालिका बोर्डिङ स्कुलको बस दुर्घटनामा प्राविधिक खराबी र विद्यालय प्रशासनको चरम लापरवाही देखिएको छानबिन समितिको प्रतिवेदनले औंल्याएको छ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार अनिवार्य प्राविधिक जाँचपास बिना नै बस सञ्चालन गर्नुले विद्यालय र बस सञ्चालकको गम्भीर लापरवाही देखिएको समितिको निष्कर्ष छ।

गत असोज २३ गते शुक्रबार बिहान करिब ७:३० बजे माझठानाबाट विद्यार्थी लिएर विद्यालयतर्फ आउँदै गरेको ग २ ख १४१७ नम्बरको बस ओख्ले भीरमा सडकबाट करिब २ सय मिटर तल खसेर दुर्घटनाग्रस्त भएको थियो।

दुर्घटनामा परेर ५ जनाको मृत्यु भएको थियो। मृत्यु हुनेहरुमा १५ वर्षीया ममता तिवारी, १५ वर्षीया सुवेच्छा तिवारी, १४ वर्षीया रुमिका नेपाली, १३ वर्षीय असिम कँडेल र पोखरा-२८ निवासी ६५ वर्षीय बाबुराम तिवारी रहेका छन्।

दुर्घटनामा विद्यार्थी र बस चालकसहित १४ जना घाइते भएका थिए। घाइतेमध्ये अस्मी कँडेलको अवस्था गम्भीर रहेको छ।

घटनापछि पोखरा महानगरपालिकाले सोही दिन असोज २३ गते सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेश गर्न ५ सदस्यीय समिति गठन गरेको थियो।

महानगरका वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीको संयोजकत्वमा गठित समितिमा सदस्यहरु डोलराज पाण्डे, इन्जिनियर सरोज चालिसे, पुरुषोत्तम थापा र अमृत भट्टराई रहेका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार