तनहुँ, १२ कार्तिक २०८३ ।
तनहुँको बिमलनगरमा मोटरसाइकलको ठक्करबाट ७० वर्षीया वृद्धाको मृत्यु भएको छ भने उक्त मोटरसाइकल पल्टिएर दुर्घटनाग्रस्त हुँदा मोटरसाइकलमा सवार दुवै जना घाइते भएका छन्।
तनहुँको बन्दीपुर गाउँपालिका–४ बिमलनगरस्थित पृथ्वी राजमार्गमा बा.प्र.०२–०५५ प १६३९ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा गम्भीर घाइते भएकी पैदल हिँडिरहेकी ७० वर्षीया पम्फा बोटेको गएराति ९ बजे उपचारका क्रममा मृत्यु भएको हो।
बोटेलाई ठक्कर दिएपछि पल्टिएर दुर्घटनाग्रस्त हुँदा मोटरसाइकलमा सवार चालक ३० वर्षीय अनिल गोतामे र मोटरसाइकलको पछाडि सवार १८ वर्षीय मन्दिप घिमिरे समेत घाइते भएका छन्।
घाइते दुवै जनाको डुम्रेस्थित लक्ष्मी सिटी अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।