कुरिनटारमा बस, ट्रक र माइक्रो एकै ठाउँमा ठोकिँदा ११ जना घाइते, राजमार्ग अवरुद्ध

कुरिनटारमा बस, ट्रक र माइक्रो एकै ठाउँमा ठोकिँदा ११ जना घाइते, राजमार्ग अवरुद्ध


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ११ कार्तिक २०८३
  • 0
    Shares

पोखरा, १० कार्तिक २०८३।

चितवनको ईच्छाकामना–४ धारापानी स्थित पृथ्वी लोकमार्गमा ट्रक, बस र माइक्रो  एक–आपसमा ठोक्किएर दुर्घटना हुँदा ११ जना घाइते भएका छन्।

सर्लाहीबाट काठमाडौँ आउँदै गरेको बाग्मती प्रदेश ०३–००१ ख २७७७ नम्बरको बस, काठमाडौँबाट मुग्लिन तर्फ जाँदै गरेको प्रदेश १–०२–००२ ख ०६१६ नम्बरको ट्रक र बुटवलबाट काठमाडौँ आउँदै गरेको बाग्मती प्रदेश ०३–००१ ज १२५९ नम्बरको माइक्रो बस आज बिहान  ०८ः४५ बजे एक आपसमा ठोक्किदा ११ जना घाइते भएका हुन्।

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ६६ जनाको टोलीले घाइतेको उद्धार गरेको थियो र सो दुर्घटनामा ११ जना घाइते भएका छन् । । 

दुर्घटनापछि बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ । घाइतेलाई स्थानीय अस्पताल र कुरिनटार स्थित सशस्त्र प्रहरी बलको ट्रमा सेन्टरमा लगिएको छ । 

प्रतिक्रिया
सम्बन्धित समाचार