तनहुँ, २७ असोज २०८३।
तनहुँको भिमादमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु भएको छ।
भिमादबाट ऋषिङपाटनतर्फ जाँदै गरेको ग.प्र.०३–००१ प १०६७ नम्बरको मोटरसाइकलले भिमाद नगरपालिका–५ शीतलमार्गस्थित भित्री सडक खण्डमा ठक्कर दिंदा तीन वर्षीय बालकको मृत्यु भएको हो । मोटरसाइकलको ठक्करबाट घाइते भएका बालकको बेलचौतारास्थित जि.पी. कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए।
मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।