पोखराको सिम्पानीनजिक प्रहरी चेकपोष्ट जौवारीको नवनिर्मित कार्यालय भवन उद्घाटन

पोखराको सिम्पानीनजिक प्रहरी चेकपोष्ट जौवारीको नवनिर्मित कार्यालय भवन उद्घाटन


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २६ असोज २०८३
  • 266
    Shares

पोखरा , २६ असोज २०८३।

पोखरा महानगरपालिका वडा नम्बर १ को सिम्पानी नजिक रहेको प्रहरी चेकपोष्ट जौवारीको नवनिर्मित कार्यालय भवनको आइतबार उद्घाटन भएको छ। उक्त नवनिर्मित भवनको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी नविन कार्कीले उद्घाटन गरेका हुन्।

विभिन्न सहयोगदाता, समाजसेवी र व्यवसायीको सहयोगमा अन्दाजी २१ लाख ७४ हजार तीन सय सय २८ रुपैयाँ लागतमा पोखरा महानगरपालिका वडा नं. १६ लामाचौर जाने पुल नजिक सार्वजनिक जग्गामा भवन निर्माण सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।

उक्त प्रहरी चौकी २०८२ भदौ २४ गतेको जेनजी प्रदर्शनका क्रममा क्षति भएको थियो। साथै मध्य पहाडी लोकमार्ग विस्तारका क्रममा स्थानान्तरण गर्नुपर्ने भएपछि वडा नं. १ मा एकतले पक्की नयाँ भवन निर्माण गरिएको हो।

उद्घाटन कार्यक्रममा पोखरा-१ का वडाध्यक्ष साहारा प्रधान, वडा नं. १८ का वडाध्यक्ष शिव प्रसाद तिमिल्सिना, वडा प्रहरी कार्यालय बगरका प्रहरी निरीक्षक रामप्रसाद सापकोटा, सामुदायिक सेवा केन्द्र बगरका अध्यक्ष कृष्ण तामाङ लगायत जनप्रतिनिधि, पत्रकार, समाजसेवी र सहयोगी दाताहरूको उपस्थिति थियो। कार्यक्रममा सहयोगदाता र उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई सम्मान समेत गरिएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार