लौ हेर्नुस नेपाली कांग्रेसमा उपसभापति र महामन्त्रीमा को को ले जिते ?

लौ हेर्नुस नेपाली कांग्रेसमा उपसभापति र महामन्त्रीमा को को ले जिते ?


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २६ असोज २०८३
  • 1.1K
    Shares

nepalii congress padadhikari, नेपाली कांग्रेसका पदाधिकारीहरु मध्ये उपसभापाती हरु र महामन्त्रीहरु

पोखरा , २६ असोज २०८३।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । मतगणनाको अन्तिम परिणामअनुसार उपसभापति खुलातर्फ डा. चन्द्रकान्त भण्डारी र ई. मधु आचार्य विजयी भएका छन् । त्यस्तै, उपसभापति समावेशीतर्फ बिनोदकुमार चौधरी निर्वाचित भएका छन् ।

महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा विजयी भएका छन् । महिला महामन्त्रीतर्फ डा. डिला संग्रौला (पन्त) निर्वाचित भएकी छन् ।

उपसभापति खुलातर्फ चन्द्रकान्त भण्डारीलाई सर्वाधिक मत

उपसभापति खुलातर्फको मतगणनामा डा. चन्द्रकान्त भण्डारीले ३ हजार ७३५ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेका छन्। विजयी भएका ई. मधु आचार्यले २ हजार ३४२ मत प्राप्त गरेका छन्।

अन्य उम्मेदवारमध्ये गोविन्द भट्टराईले १ हजार ७५२, सुरेन्द्रराज पाण्डेले १ हजार ६७३, धनराज गुरुङले १ हजार ५९६, दीपक गिरीले ९२३ र प्रा.डा. चन्द्रमोहन यादवले ७६० मत प्राप्त गरेका छन् ।

समावेशीतर्फ बिनोदकुमार चौधरी निर्वाचित

उपसभापति समावेशीतर्फको एक पदमा बिनोदकुमार चौधरी १ हजार ७४५ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी जीवन परियारले १ हजार ६५८ मत प्राप्त गरेका छन् ।

यसैगरी, फरमुल्लाह मंसुरले १ हजार १४४, सीता गुरुङले १ हजार ११२ र रञ्जित कर्णले ५६२ मत प्राप्त गरेका छन् ।

महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा विजयी
महामन्त्री खुलातर्फको मतगणनामा प्रदीप पौडेलले ४ हजार १९४ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेका छन् । उदयशमशेर राणाले २ हजार ३३० मत प्राप्त गर्दै महामन्त्री पदमा विजय हासिल गरेका छन् ।

अन्य उम्मेदवारमध्ये डा. सुनिलकुमार शर्माले २ हजार २५७, गुरुराज घिमिरेले १ हजार ५१३, नैनसिंह महरले १ हजार १३४, अमरसिंह पुन मगरले १ हजार १२५, शंकर तिवारीले १२३ र डा. सन्तोष उपाध्यायले ९७ मत प्राप्त गरेका छन् ।

महिला महामन्त्रीमा डा. डिला संग्रौला विजयी

महिला महामन्त्रीतर्फको एक पदमा डा. डिला संग्रौला (पन्त) ३ हजार ११८ मत प्राप्त गर्दै निर्वाचित भएकी छन् ।  उनकी प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय (डिना) ले २ हजार ८६४ मत प्राप्त गरेकी छन्। त्यस्तै, रीता खनालले ८०४ मत प्राप्त गरेकी छन् ।

डा. चन्द्रकान्त भण्डारी (विजयी): 3735
ई. मधु आचार्य (विजयी) :2342
गोविन्द भट्टराई : 1752
सुरेन्द्रराज पाण्डे : 1673
दीपक गिरी :923
धनराज गुरुङ :1596
प्रा.डा. चन्द्र मोहन यादव :760

प्रदिप पौडेल (विजयी):4194
अमरसिंह पुन मगर: 1125
उदय शम्शेर राणा (विजयी):2330
डा. सुनिलकुमार शर्मा :2257
गुरुराज घिमिरे :1513
नैन सिंह महर:1134
शंकर तिवारी : 123 डा सन्तोष उपाध्याय :97

डा. डिला संग्रौला (पन्त) (विजयी):3118
महालक्ष्मी उपाध्याय (डिना) :2864
रीता खनाल:804

प्रतिक्रिया
सम्बन्धित समाचार