पोखराको ठुलाकोटस्थित एनटीसीको टावरमा आगलागी

पोखराको ठुलाकोटस्थित एनटीसीको टावरमा आगलागी


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २३ असोज २०८३
  • 0
    Shares

ntc tower aagalagi , पोखरा २८ ठुलाकोटस्थित नेपाल टेलिकम (एनटीसी) को टावरमा भएको आगलागी

पोखरा, २३ असोज २०८३ ।

पोखरा महानगरपालिका–२८ ठुलाकोटस्थित नेपाल टेलिकम (एनटीसी) को टावरमा शुक्रबार साँझ करिब ६ः४५ बजे अचानक आगलागी भएको छ। आगलागीबाट उक्त टावरमा क्षति पुगेको बताइएको छ।

प्रहरीका अनुसार, टावरको फेदबाट आगो लागेकोमा प्रहरी र स्थानीयवासीको सहयोगमा आगो निभाउने प्रयास गरिएको प्रहरीले बताइएको छ। आगोको तीव्रता कम हुँदै गएको पनि प्राप्त जानकारीमा उल्लेख छ। आगलागीबाट टावरमा भएको क्षतिको विस्तृत विवरण भने आउन बाँकी छ।

आगलागीको सूचना प्राप्त हुनासाथ सामुदायिक प्रहरी सेवा केन्द्र कालिकाबाट प्रहरी सहायक निरीक्षक सुरेन्द्र थापाको कमान्डमा पाँच जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो।

आगलागीको कारण खुल्न सकेको छैन। घटनामा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। घ

प्रतिक्रिया
सम्बन्धित समाचार