पोखरा, २३ असोज २०८३ ।
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको अध्यक्षमा पशुपति शर्मा निर्विरोध भएका छन्। प्रतिष्ठानको नवौं राष्ट्रिय महाधिवेशनअन्तर्गत मनोनयन दर्ता हुँदा अध्यक्ष पदमा शर्माको मात्रै उम्मेदवारी परेको थियो।
शर्माको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्। यसअघि पशुपति प्रतिष्ठानको वरिष्ठ उपाध्यक्ष थिए। प्रतिष्ठानको महाधिवेशन बिहीबारदेखि महोत्तरीको बर्दिबासमा सुरु भएको थियो।
शुक्रबार निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावलीअनुसार अध्यक्ष शर्मासहित वरिष्ठ उपाध्यक्षमा दीपक खड्का, प्रथम उपाध्यक्षमा सुवास केसी तथा द्वितीय उपाध्यक्षको सांगठनिककतर्फ राजु ढकाल र प्रशासनिकतर्फ रमेशराज भट्टराई निर्विरोध भएका छन्।महासचिवमा भने शिव हमाल निर्विरोध भएका छन्।



