काठमाण्डौ, २१ असोज २०८३।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति र उपसभापति महिला गरी दुई पदमा निर्विरोध मिर्वाचित भएका छन् भने पार्टी सभापति लगायतका पदहरुमा निर्वाचन हुने भएको छ।
निर्वाचन समितिका अनुसार, वरिष्ठ उपसभापतिमा एक मात्र उम्मेदवारी दिएका विश्वप्रकाश शर्मा र उपसभापति महिलामा एकल उम्मेदवारी दिएकी पुष्पा भुसाल निर्विरोध निर्वाचित भएका छन् ।
अन्य सबै पदमा भने प्रतिस्पर्धा हुने भएको छ। विशेषगरी सभापति पदका लागि तीन जना र उपसभापति खुला तथा महामन्त्री पदहरूमा धेरै आकांक्षी देखिएका छन्।
सभापति पदका लागि तीन जनाको उम्मेदवारी परेको छ। यसमा गगनकुमार थापा, श्यामकृष्ण खड्गी र किशोरसिंह राठौरले मनोनयन दर्ता गराउनुभएको छ।
यस्तै वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र उपसभापति (महिला) मा पुष्पा भुसालको एकल उम्मेदवारी परेकाले उहाँहरू निर्विरोध निर्वाचित हुनुभएको छ।
उम्मेदवारी दर्ता गराउनुभएकाहरुको विवरण
१. सभापति पद – ३ जना
- गगनकुमार थापा
- श्यामकृष्ण खड्गी
- किशोरसिंह राठौर
२. वरिष्ठ उपसभापति – १ जना (निर्विरोध निर्वाचित)
- विश्वप्रकाश शर्मा
३. उपसभापति महिला – १ जना (निर्विरोध निर्वाचित)
- पुष्पा भुसाल
४. उपसभापति खुलातर्फ – ९ जना
- डा. चन्द्र भण्डारी
- देवराज चालिसे
- सुरेन्द्रराज पाण्डे
- मधु आचार्य
- डा. मिनेन्द्र रिजाल
- दीपक गिरी
- धनराज गुरुङ
- गोविन्द भट्टराई
- डा. चन्द्रमोहन यादव
५. समावेशी उपसभापति – ५ जना
- जीवन परियार
- विनोद चौधरी
- फर्मुल्लाहा मनसुर
- सीता गुरुङ
- रन्जित कर्ण
६. खुला महामन्त्री – ८ जना
- प्रदीप पौडेल
- गुरुराज घिमिरे
- उदय शमशेर राणा
- अमरसिंह पुन
- नैनसिंह महर
- शंकर तिवारी
- डा. सुनिल शर्मा
- डा. सन्तोष उपाध्याय
७. महामन्त्री महिलातर्फ – ३ जना
- डा. डिला संग्रौला
- डिना उपाध्याय
- रिता खनाल
Ask Meta AI…