फेरि पनि वरियता मिचेर सर्वोच्च अदालतमा न्यायाधीश सिफारिस

फेरि पनि वरियता मिचेर सर्वोच्च अदालतमा न्यायाधीश सिफारिस


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २० असोज २०८३
  • 1.5K
    Shares

च्च अदालतका च्च अदालत पोखराका मुख्य न्यायाधीश रत्नबहादुर बागचन्द, न्यायाधीशहरू चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगी

काठमाडौं, २० असोज २०८३ ।

न्याय परिषद्ले उच्च अदालतमा कार्यरत चार न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ। परिषद्ले यसपटक पनि उच्च अदालतका न्यायाधीशको वरियता मिचेर सर्वोच्चका लागि नाम सिफारिस गरेको हो।

मंगलबार बसेको न्याय परिषद्को बैठकले उच्च अदालतका न्यायाधीशमध्येबाट चार जनाको नाम सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरेको हो। परिषद् स्रोतका अनुसार यसपटक कानुन व्यवसायीबाट भने सर्वोच्चको न्यायाधीशमा कसैलाई सिफारिस गरिएको छैन।

परिषद्ले उच्च अदालत पोखराका मुख्य न्यायाधीश रत्नबहादुर बागचन्दलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ। मुख्य न्यायाधीशको पदबाट सर्वोच्चका लागि सिफारिस हुने उनी एक मात्रै हुन्।

यस्तै, परिषद्ले उच्च अदालतका न्यायाधीशहरू चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीलाई पनि सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ। उनीहरूको सिफारिस गर्दा उच्च अदालतको न्यायाधीशको विद्यमान वरियता मिचिएको बताइएको छ।

परिषद्ले गत वर्ष प्रकाशित गरेको बुलेटिनअनुसार चन्द्रबहादुर सारु उच्च अदालतका न्यायाधीशमध्ये पाँचौँ वरियतामा छन्। त्यसैगरी जनक पाण्डे १३औँ र गोकर्ण डाँगी १६औँ वरियतामा रहेका छन्।

यसअघि पनि न्याय परिषद्ले वरियता मिचेर न्यायाधीश सिफारिस गरेको विषयमा आलोचना हुँदै आएको थियो। परिषद्ले मुख्य न्यायाधीश तथा वरियतामा अगाडि रहेका न्यायाधीशलाई पन्छाउँदै वरियताको तल रहेका न्यायाधीशलाई सर्वोच्चमा ल्याउन सिफारिस गरेको भन्दै न्याय क्षेत्रमै प्रश्न उठेको छ।

यसअघि जिल्ला न्यायाधीश हिमलाल बेल्बासेलाई पनि चार दिनका लागि मात्रै वरियता मिचेर उच्च अदालतको न्यायाधीशमा सिफारिस गरिएको प्रसंग चर्चामा आएको थियो।

न्याय परिषद्को सिफारिस अब संसदीय सुनुवाइ प्रक्रियामा जानेछ। संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएमा सिफारिस भएका चारै जनालाई प्रधानन्यायाधीशले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गर्नेछन्।

प्रतिक्रिया
सम्बन्धित समाचार