हिमलुङ हिमपहिरो अपडेट : थप तीन जनाको शव भेटियो, अझै नौ बेपत्ता

हिमलुङ हिमपहिरो अपडेट : थप तीन जनाको शव भेटियो, अझै नौ बेपत्ता


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १४ असोज २०८३
  • 513
    Shares

काठमाडौँ, १४ असोज २०८३।

मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिमलुङ हिमालमा गएको हिमपहिरोमा हराइरहेकामध्ये आज थप तीन जनाको शव भेटिएको छ।

तीन जनाको शव भेटिएसँगै यही असोज ११ गते गएको हिमपहिरोमा परी ज्यान गुमाउने आरोहीको सङ्ख्या सात पुगेको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले जानकारी दिए।

सहायक प्रजिअ पौडेलका अनुसार गोर्खाको धार्चे गाउँपालिका–२ करौँजाका ५८ वर्षीय आश गुरुङ, खोटाङको ऐँसेलु खर्क गाउँपालिका–३ का सुरज राई र रुकुमको हुकामका ५७ वर्षीय कमल बुढाको शव भेटिएको हो।

घटनास्थलमा अन्तर्राष्ट्रिय माउन्टेन गाइड (आइएफएमजीए) का पासाङ काजी शेर्पा र विक्रम कार्कीको नेतृत्वमा पाँच जना अनुभवी क्लाइम्बिङ गाइडको विशेष टोली उद्धारमा खटिएको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए। सोही टोलीले हिउँ पन्छाएर उनीहरूको शव निकालेको उनले बताए।

यसअघि आइतबार र सोमबार खोजी गर्ने क्रममा वीरेन्द्र गुरुङ, घनश्याम राई, छेवी भोटे र पासाङ भोटेको शव भेटिएको थियो।

प्रतिक्रिया