पोखरामा अवैध माटो उत्खननमा प्रयोग भएका जेसीबी र दुई टिप्परलाई कारबाही : भयो ६० हजार रुपियाँ जरिवाना

पोखरामा अवैध माटो उत्खननमा प्रयोग भएका जेसीबी र दुई टिप्परलाई कारबाही : भयो ६० हजार रुपियाँ जरिवाना


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ५ असोज २०८३
  • 969
    Shares

पोखरा, ५ असोज २०८३ ।

अबैध रुपमा पोखरामा माटो उत्खननमा प्रयोग भएका जेसीबी र दुई टिप्परलाई पोखरा महानगरपालिकाले कारबाही गरेको छ।

पोखरा महानगरपालिका–२६ विजयपुरमा अवैध रूपमा माटो उत्खनन गरिरहेका बा.१ क ९३२५ नम्बरको जेसीबी, ग.१ ख ७७६६ नम्बरको टिप्पर र बा.२ क २१७७ नम्बरको टिप्परलाई आज पोखरा महानगरपालिकाले कारबाही गरेको हो।

महानगरपालिकाले तीनवटै सवारीसाधनबाट कुल रु. ६० हजार जरिवाना असुल गरी छाडेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

अवैध रूपमा माटो उत्खनन गरिरहेको अवस्थामा प्रहरीले ती सवारी साधनहरुलाई आज बिहान करीब साढे सात बजे पक्राउ गरेर कानूनी कारबाहीका लागि पोखरा महानगरपालिकामा बुझाएको थियो।

प्रतिक्रिया