कोरला नाकाबाट भेडाच्याङ्ग्रा भित्रिन थाले

कोरला नाकाबाट भेडाच्याङ्ग्रा भित्रिन थाले


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ४ असोज २०८३
  • 912
    Shares

पोखरा, ४ असोज २०८३ ।

नेपालको महान चाडहरु दशैं र तिहार नजिकिदै गर्दा चीन-नेपालको सीमा नाका कोरला नाका हुँदै चीनको तिब्बतबाट भेडाच्याङ्ग्रा भित्रिन थालेका छन्।

भदौ ३१ देखि असोज २ सम्म तीन दिनमा चार लटमा चारसय १९ भेडाच्याङ्ग्रा भित्रिएका पशु क्वारेन्टाइन कार्यालय पोखराका प्रमुख डा. गणेश केसीले जानकारी दिए। केसीका अनुसार , भदौ ३१ गते १५५ च्याङ्ग्रा, असोज १ गते ११८ च्याङ्ग्रा र ४६ भेडा र असोज २ गते १०० च्याङ्ग्रा भित्रिएका छन्।

लोमान्थाङका जनप्रतिनिधि र स्थानीय व्यापारीले पशुपालनका लागि तिब्बतबाट खरिद गरी ल्याएका हुन्। क्वारेन्टाइन ऐन अनुसार स्वास्थ्य प्रमाणपत्र र खोप विवरण पेस गरेपछि न्हेचुङस्थित क्वारेन्टाइन चेकपोस्टले प्रवेश स्वीकृति दिएको हो। खोप विवरण नभएकाले लोमान्थाङ गाउँपालिकाको समन्वयमा नेपाल भित्रिएपछि खोप लगाइएको छ।

हाल ती भेडाच्याङ्ग्रालाई लोमान्थाङको न्याम्डो र छोसेर चरन क्षेत्रमा सात दिनसम्म छुट्टै राखिएको छ।

यस वर्ष कोरला नाका वैधानिक रूपमा खुलेसँगै दसैंका लागि च्याङ्ग्राको मूल्य केही घट्ने अपेक्षा गरिएको छ। साथै पहिलोपटक कोरला नाकाबाट १० कन्टेनर भेडाको ऊन पनि नेपाल भित्रिएको छ।

प्रतिक्रिया