मकवानपुरमा स्कार्पिओ दुर्घटना : न्यायाधीश डाँगीसहित ६ जना घाइते

मकवानपुरमा स्कार्पिओ दुर्घटना : न्यायाधीश डाँगीसहित ६ जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २ भाद्र २०८३
  • 2.6K
    Shares

पोखरा , २ भदौ २०८३।

मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरिखेतमा स्कार्पिओ दुर्घटना हुँदा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जका न्यायाधीश गोकर्ण डाँगीसहित ६ जना घाइते भएका छन्।

काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको प्रदेश–३–००२ झ ५१८३ नम्बरको स्कार्पिओ आज बिहान जुरिखेतमा अनियन्त्रित भई सडकबाट भिरतर्फ खसेर दुर्घटनाग्रस्त हुँदा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जका न्यायाधीश गोकर्ण डाँगीसहित ६ जना घाइते भएका हुन्।

दुर्घटनामा घाइते भएका मुख्य न्यायधिश जिल्ला दाङ तुलसीपुर उ.म.न.पा. ९ बस्ने वर्ष अं. ५७ को गोकर्ण डाँगीको टाउको र शरिरको विभिन्न भागमा चोट लागेको छ र उनको अवस्था मध्यम रहेको प्रहर्फीले जानकारी दिएको छ ।

सोही दुर्घटनामा रजिष्टार जिल्ला बैतडी दशरचन्द न.पा. ७ सुर्काल बस्ने वर्ष अं. ५१ को तारादत्त बडु. निजको श्रीमती वर्ष अं. ४९ कि लक्ष्मी बडु, छोरा वर्ष अं. २५ को रितेन्द्र बडु., दिदि वर्ष अं. ३१ कि रिता बडू र चालक जिल्ला दाङ राप्ति नगरपालिका ८ बस्ने वर्ष अं. ३२ को छुनिलाल चौधरी घाइते भएका छन्।

१.चालक जिल्ला दाङ राप्ति न.पा. ८ बस्ने वर्ष अं. ३२ को छुनिलाल चौधरीको टाउको र शरिरको विभिन्न भागमा चोट, अवस्था मध्यम ।

२.मुख्य नायधिश जिल्ला दाङ तुलसीपुर उ.म.न.पा. ९ बस्ने वर्ष अं. ५७ को गोकर्ण डाँगीको टाउको र शरिरको विभिन्न भागमा चोट, अवस्था मध्यम ।

३.रजिष्टार जिल्ला बैतडी दशरचन्द न.पा. ७ सुर्काल बस्ने वर्ष अं. ५१ को तारादत्त बडुको शरिरको विभिन्न भागमा चोट, अवस्था मध्यम ।

४.निजको श्रीमती वर्ष अं. ४९ कि लक्ष्मी बडुको टाउको र शरिरको विभिन्न भागमा चोट, अवस्था गम्भिर ।

५.निजको छोरा वर्ष अं. २५ को रितेन्द्र बडुको टाउकोमा चोट, अवस्था मध्यम ।

६.निजको दिदि वर्ष अं. ३१ कि रिता बुडको टाउको र शरिरको विभिन्न भागमा चोट, अवस्था मध्यम ।

घाइते सबैलाई उद्धार गरी हेटौँडा अस्पताल पुर्‍याइएको छ। उनीहरूमध्ये केहीलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ लैजाने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।

दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार