कास्की कारागारबाट भागेका कर्तब्य ज्यान मुद्दाका कैदी बागलुङमा पक्राउ

कास्की कारागारबाट भागेका कर्तब्य ज्यान मुद्दाका कैदी बागलुङमा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ३ मंसिर २०८२
  • 3.9K
    Shares

पोखरा, ३ मङ्सिर २०८२।

कास्की कारागारबाट भागेका एक जना कैदी बागलुङमा पक्राउ परेका छन्।

गएको भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनका क्रममा जिल्ला कारागार कार्यालय कास्की तोडफोड गरेर भागेका कर्तब्य ज्यान मुद्दाका कैदी बागलुङको जैमिनी नगरपालिका वडा नं. ८ ढकालवारीका ६० वर्षीय गुमानसिंह परियार बागलुङमा पक्राउ परेका हुन्।

उनलाई जिल्ला प्रहरी कार्यालय बागलुङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

निज परियारलाई फैसला कार्यान्वयनको लागी जिल्ला कारागार कार्यालय बागलुङमा पठाईएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार