पोखरामा स्कुटर चोरी गर्ने गिरोहका पांच जना युवा तीन वटा स्कुटरसहित समातिए

पोखरामा स्कुटर चोरी गर्ने गिरोहका पांच जना युवा तीन वटा स्कुटरसहित समातिए


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १९ कार्तिक २०८२
  • 3K
    Shares

पोखरा, १९ कार्तिक २०८२ ।

पोखरामा स्कुटर चोरी गर्ने गिरोहका पांच जना युवा समातिएका छन्।

ईलाका प्रहरी कार्यालय शिशुवा कास्कीबाट खटिएको प्रहरी टोलिले चोरी भएका ग ९ प ८७६१ र ग १५ प ५२३७ नं.को स्कुटर सहित चार जना तथा वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट खटिई गएको प्रहरी टोलिले ग ४ प ७६८४ नं.को स्कुटरसहित एक जना युवालाई समातेको हो।

पक्राउ पर्ने युवाहरुमा पोखरा महानगरपालिका वडा नं. ३३ बस्ने वर्ष २१ को शेर बहादुर पुन मगर,
पोखरा ५ बस्ने वर्ष २५ को अजय नेपाली, पोखरा १० बस्ने वर्ष २१ को सुशिल गुरुङ,पोखरा ११ बस्ने वर्ष २० को सुदिप परियार र पोखरा १३ काँहुँखोला बस्ने वर्ष २७ को रोशन परियार रहेको जिल्ला प्रहरी कार्फ्यालय कास्कीले जानकारी दिएको छ।

उनीहरुविरुद्ध आबश्यक अनुसन्धान कारबाही भैरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार