जेन जी आन्दोलनका क्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीबाट मोटरसाइकल चोरी गर्ने युवा पोखरामा पक्राउ

जेन जी आन्दोलनका क्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीबाट मोटरसाइकल चोरी गर्ने युवा पोखरामा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १९ कार्तिक २०८२
  • 4.1K
    Shares

पोखरा, १९ कार्तिक २०८२ ।

जेन जी आन्दोलनका क्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीबाट मोटरसाइकल चोरी गर्ने एक जना युवा पोखरामा पक्राउ परेका छन्।

गएको जेठ २४ गते भएको जेन जी आन्दोलनका क्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीमा तोडफोड तथा आगजनी गर्ने क्रममा उक्त कार्यालयबाट मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले पोखरा महानगरपालिका वडा नं. १७ दोविल्ला बस्ने वर्ष २४ को सुवास तामाङलाई पक्राउ गरेको।

अभियुक्त तामाना तामाङले त्यस दिन ग १६ प १४५५ नम्बरको मोटरसाइकल चोरी गरेर लगेर चलाउदै आएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ। ,

वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलीले चोरीको मोटरसाइकल सहित् पक्राउ गरेका तामाङबिरुद्ध आबश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार