तनहुँको बाहुनभञ्याङमा गएराती ७० वर्षीय बृद्धले गुरुङको गरे हत्या

तनहुँको बाहुनभञ्याङमा गएराती ७० वर्षीय बृद्धले गुरुङको गरे हत्या


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १९ कार्तिक २०८२
  • 8.4K
    Shares

पोखरा, १९ कार्तिक २०८२ ।

तनहुँमा गएराती ७० वर्षीय एक बृद्धले आफ्नै छिमेकीको हत्या गरेका छन्।

जिल्लाको बन्दीपुर गाउँपालिका–५ बाहुन भञ्याङका ७० वर्षीय खिमबहादुर गुरुङले गएराती आफ्नै छिमेकी ५८ वर्षीय खुसीमान गुरुङको हत्या गरेका हुन्।

प्रहरीका अनुसार , मदिरा सेवन गर्ने क्रममा झगडा भएपछि ७० वर्षीय बृद्ध खिमबहादुर गुरुङले खुशीमान गुरुङलाई मंगलबार रारी करीब सवा आठ बजेको समयमा दाउराको चिरपट प्रहार गरी घाइते बनाएका थिए।

तत्पश्चात घाइते खुशीमान्लाई उपचारका लागि बन्दीपुर अस्पताल लगिएकोमा त्यहाँ उपचार हुन नसके पछि उपचारका लागि पोखरा ल्याइएको थियो। टाउको र दाहिने खुट्टामा चोट लागेका खुशीमानको फिस्टेल अस्पताल पोखरामा उपचारको क्रममा राति १०:५५ बजे चिकित्सकले मृत घोषणा गरेका प्रहरीले बताएको छ।

मृतकको शव हाल गण्डकी अस्पताल पोखराको शवगृहमा राखिएको छ भने उक्त घटनामा संलग्न खिमबहादुर गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार