पोखराको बिरौटाबाट दुई युवतीसहित तीन जना पक्राउ : ठुलो मात्रामा अबैध लागू औषध बरामद

पोखराको बिरौटाबाट दुई युवतीसहित तीन जना पक्राउ : ठुलो मात्रामा अबैध लागू औषध बरामद


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २१ साउन २०८२
  • 12.9K
    Shares

पोखरा २१ साउन २०८२।

पोखराबाट अबैध लागू औषधसहित दुई युवतीसहित तीन जना पक्राउ परेका छन्। पोखरा महानगरपालिका वडा नम्बर १७ स्थित बिरौटाबाट ठुलो मात्रामा अबैध लागू औषधसहित तीन जना पक्राउ परेका हुन्।

पक्राउ पर्नेहरुमा जिल्ला स्याङ्ग्जा स्थायी घर भई हाल पोखरा १७ बिरौटास्थित घारीकुलो बस्ने वर्ष ३२ की रिना थापा मगर, स्याङ्ग्जा फेदीखोला गा.पा. ४ स्थायी घर भई हाल पोखरा १७ बिरौटा बस्ने वर्ष ३४ को विश्वास गुरुङ र पर्वत स्थायी घर भई हाल पोखरा १७ बिरौटा बस्ने वर्ष ३९ की मिना थापा मल्ल रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रबक्ता डिएसपी हरि बस्नेतले जानकारी दिएका छन्।

पोखरा १७ बिरौटामा लागू औषधको कारोबार भैरहेको सुचना पाए पछि गएको सोमबार साँझ करीब पौने आठ बजेको समयमा लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले मिना थापा मल्लको डेराकोठामा छापा मारेर उनीहरुलाई पक्राउ गरिएको प्रहरीको दाबी छ।

उनीहरुको साथबाट लागू औषध डाईजापाम- एकसय ६६ एम्पुल, फेनेरागन- एकसय ६९ एम्पुल, नुर्फिन- एकसय ६६ एम्पुल गरी
जम्मा पाँच सय ०१ एम्पुल लागू औषध र तीन थान मोवाईल बरामद गरिएको प्रहरीको दाबी छ।

उनीहरुविरुद्ध कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी कसूरमा १० दिनको म्याद थापा भै थप अनुसन्धान कारबाही चलिरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार