पोखरा २० साउन २०८२।
तनहुँमा बोलेरो जिपले ठक्कर दिंदा एक पैदलयात्री बृद्धको मृत्यु भएको छ।
दमौलीबाट थर्पुतर्फ जाँदै गरेको बा १३ च ६७७८ नं को जिपले पृथ्वीराजमार्गअन्तर्गत जिल्लाको म्याग्दे गाउँपालिका–१ गुणादीमा सोमबार दिउँसो ठक्कर दिंदा एक पैदलयात्री बृद्धको मृत्यु भएको हो।
उक्त बोलेरो जिपको ठक्करबाट गम्भीर घाइते भएका म्याग्दे गाउँपालिका–१ बस्ने ६६ वर्षीया निरमाया थापाको तत्काल उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल दमौली पुर्याइएकोम अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए ।
जिप चालकलाई नियन्त्रणमा रहेर आबश्यक अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ । सांकेतिक चित्र