पोखरा १९ साउन २०८२।
गोरखामा दाजुले सहोदर भाइलाई तरबार हानेर घाइते बनाएका छन्।
गोरखा नगरपालिका–३ को घलाङको रातमाटेका बावुकाजी बस्नेतले आफ्नै भाइ खोप बहादुर बस्नेतलाई गएको शुक्रबार राती १० बजे तरबारले हानेर घाइते बनाएका हुन्।
खेतमा कुलो लगाउने बिषयमा भएको विवादमा बावुकाजी बस्नेतले आफ्नै भाइ खोपबहादुर बस्नेतलाई शुक्रबार राती १० बजेको समयमा तरबारले हानेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी निरिक्षक ध्रुव प्रसाद शर्माले जानकारी दिए।
दाजुले हानेको तरबार छेक्ने क्रममा खोपबहादुरको हातको पाखुरा तथा शरिरको विभिन्न भागमा चोट लागेको प्रहरीले बताएको छ।
घाईते खोप बहादुरको शुक्रबार राती नै चितवनमा उपचार हुन नसकेपछि थप उपचारकोलागि राजधानी लगिएको प्राप्त समाचारमा जनाइएको छ ।
भाइ खोपबहादुरलाई तरबारले हानेर घाइते बनाएपछि बावुकाजीले प्रहरी चौकी नयाँ साँघुमा पुगेर आत्मसर्मपण गरेका प्राप्त समाचारमा उल्लेख छ। म
भाइलाई तरबार हान्ने बाबुकाजीलाई जिल्ला प्रहरी कार्यालय गोरखामा ल्याएर आइतबार ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेर आबश्यक अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । सांकेतिक चित्र