आफ्नै घरको सुन चोरी भएको झुट्ठा उजुरी दिने दुई जना स्याङ्जामा पक्राउ

आफ्नै घरको सुन चोरी भएको झुट्ठा उजुरी दिने दुई जना स्याङ्जामा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १८ साउन २०८२
  • 5.5K
    Shares

पोखरा १८ साउन २०८२।

आफ्नै घरको सुन चोरी भएको भन्दै प्रहरीमा झुट्ठा उजुरी दिने दुई जना स्याङ्जामा पक्राउ परेका छन् .

पक्राउ पर्नेमा स्याङ्जाको आँधिखोला गाउँपालिका वडा नम्बर १ हिले बस्ने ४१ वर्षीया चन्द्र कुमारी गुरूङ र ३८ वर्षीय धनराज गुरूङ रहेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार , पक्राउ परेकी चन्द्र कुमारी गुरूङले गत सोमबार बेलुकी हिलेस्थित आफ्नै घरबाट साढे सात तोला सुनका गर-गहनाहरू र नगद चार हजार रुपियाँ चोरी भएको उजुरी दिएकी थिइन्। उक्त उजुरीको अनुसन्धान गर्दै जाँदा चन्द्र कुमारी गुरूङ आफैं र धनराज गुरूङले मिलिमतोमा लुकाई छिपाई राखेको खुले पछि लुकाइएको उक्त सुन समेत दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ।

सुन चोरीको झुट्ठा उजुरी दिने दुवै जनाविरुद्ध क्राउ गरी आवश्यक कानूनी प्रकृया अगाडी वढाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार