कैलालीको सेकुवा सेन्टरमा कार्यरत किशोरीको उनकै सहकर्मीद्वारा हत्या

कैलालीको सेकुवा सेन्टरमा कार्यरत किशोरीको उनकै सहकर्मीद्वारा हत्या


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १७ साउन २०८२
  • 5K
    Shares

पोखरा १७ साउन २०८२।

कैलालीस्थित एक सेकुवा सेन्टरमा काम गर्ने एक युवतीको उनकै एक सहकर्मीले आज बिहान हत्या गरेका छन्।

कैलालीको बर्दगोरिया पालिका वडानम्बर १ स्थित राजधानी सेकुवा एण्ड म:म सेन्टरमा कार्यरत १७ वर्षीया किशोरी याचना सेजवालको उनकै सहकर्मीले आज बिहान हत्या गरेका हुन्।

बर्दगोरिया गाउँपालिका-३ घर भएकी सेजवालको उनकै सहकर्मी बर्दगोरिया-१ का ३३ वर्षीय नृप साउदले आज बिहान १० बजेतिर चक्कुले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहरीले जानकारी दिए।

साउदले हानेको चक्कुकाकारण गम्भीर घाइते भएकी सेजवाललाई तत्काल उद्धार गरेर उपचारका लागि तत्काल धनगढीको निसर्ग हस्पिटल पुर्‍याइएकोमा उपचारका क्रममा मृत्यु भएको डीएसपी सिंहले बताए ।

सेजवालको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल राखिएको छ । उनीमाथि चक्कु प्रहार गर्ने साउदलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको कारण खुलेको छैन । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार