पांचथरमा गएराती ससुराली घर नजिकै कोदालोले हानेर श्रीमतीको हत्या

पांचथरमा गएराती ससुराली घर नजिकै कोदालोले हानेर श्रीमतीको हत्या


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १६ साउन २०८२
  • 6.1K
    Shares

श्रीमानद्वारा कुटपिट

पोखरा १६ साउन २०८२।

पाँचथरमा गएराती एक युवाले ससुराली घर नजिकै आफ्नी श्रीमतीको कोदालोको पासोले हानेर हत्या गरेका छन्।

जिल्लाको फालेलुङ-७ घर भएका २७ वर्षीय महेन्द्र तामाङले बिहीबार राति ८ बजे २२ वर्षीया श्रीअम्तॆ अनु राईलाई कोदालोको पासोले हानेर हत्या गरेका हुन्।

घरायसी विवाद र मनमुटाव रहेका महेन्द्रले गएराती ससुराली घर नजिकै आफ्नी श्रीमती अनुलाई कोदालोले हानेर घाइते नबनाएको तत्काल उद्धार गरी उपचारका लागि पाँचथर अस्पताल पुर्याइएकोमा त्यहाँ उपचार सम्भव नभएपछि झापाको बीएन्डसी अस्पतालमा रेफर गरिएकामा शुक्रबार बिहान उपचारकै क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रवक्ता रुपेश तामाङले जानकारी दिए ।

श्रीमतीलाई कोदालोले हाने पछि भागेका महेन्द्र तामाङलाई फिदिम नगरपालिका-६ सिवास्थित गोले गाउँमा लुकेर बसिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी अनुसन्धान सुरु भएको र अदालत हाजिर गराउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार