स्याङ्जामा आयोजित बिबाह सामारोहमा छिमेकीको हत्या : ३० वर्षपछि पोखराबाट पक्राउ

स्याङ्जामा आयोजित बिबाह सामारोहमा छिमेकीको हत्या : ३० वर्षपछि पोखराबाट पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १४ साउन २०८२
  • 8.7K
    Shares

स्याङ्जा, १४ साउन २०८२।
स्याङ्जामा आयोजित बिबाह सामारोहमा छिमेकीको हत्या गरेर भागेका एक व्यक्ति ३० वर्षपछी पोखरामा पक्राउ परेका छन्।

स्याङ्जाको साबिक रत्नपुर गा.वि.स. वडा नम्बर २ धुर्कोट हाल चापाकोट नगरपालिका वडा नम्बर २ मा २०५० साल फागुनमा आयोजित गाउँकै छिमेकीको विवाह कार्यक्रममा स्थानिय हस्ते वि.क.को हत्या गरेर भागेका युवा पोखरामा पक्राउ परेका हुन्।

पक्राउ पर्ने व्यक्ति स्याङ्जा चापाकोट नगरपालिका वडा नम्बर – ०२ घर भै हाल पोखरा महानगरपालिका वडा नम्बर १७ बिरौटामा बस्दै आएका ४६ वर्षीय बाजिन्द्र बहादुर सोतीमगर रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ।

२०५० साल फागुन महिनामा आयोजित उक्त बिबाह समारोहमा सोतिमगराले तात्कालिन अवस्थामा ६० वर्ष भएका हस्ते वि.क.लाई कुटपिट गरेकोमा उपचारका क्रममम मृत्यु भएको प्रहरीले बताएको छ।

त्यस हत्यामा संलग्न रहेको आरोप लागेका सोतीमगरलाई सर्वोच्च अदालतको २०५९ साल असोज ७ गते दोषी ठहर गर्दै दुई वर्ष कैद हुने फैसला गरेको बताइएको छ।

सोहि फैसला कार्यान्बयन गर्ने क्रममा सोतीमगरलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको विशेष अप्रेसन टोलिले लुकिछिपी बसेको अवस्थामा सोमबार गते पोखराबाट पक्राउ गरी कैद भुक्तानको लागि स्याङ्जा जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार