पोखरा १३ साउन २०८२।
सुदूरपश्चिम प्रदेश सरकारका दुई मन्त्रीको गाडि कैलालीको लम्कीमा एकआपसमा ठोक्किएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा आज कैलालीको चिसापनीमा आयोजित कार्यक्रममा सहभागी हुन जाँदै गर्दा करिब सवा १ बजे प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल र आन्तरिक मामिला तथा कानुन मन्त्री हिरासिंह सार्की चढेका गाडी एक आपसमा ठोक्किएका हुन् ।
आज करिब सवा १ बजे कार्की चढ्ने से.१ झ ३३० र पाल चढ्ने बा.२ झ १४१९ नम्बरको गाडी एकापसमा ठोक्किदा गाडीमा क्षति भएको तर मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय, कैलालीका डीएसपी राज कुमार सिंहले जानकारी दिए ।
ठक्करबाट बा.२ झ १४१९ नम्बरको गाडीको पछाडिको भागमा क्षति पुगेको छ । यस्तै से.१ झ ३३० नम्बरको गाडीको अगाडिपट्टिको भागमा क्षति पुगेको छ ।