पोखरा १२ साउन २०८२।
गोसाइँकुण्डमा डुबेका दुई युवाको शव आज बिहान निकालिएको छ।
पौडी खेल्ने क्रममा आइतबार रसुवाको गोसाइँकुण्डमा बेपत्ता भएका मोरङको बेलबारी नगरपालिका–४ घर भएका अन्दाजी २५ वर्षीय मनोज न्यौपाने र विराटनगर घर भएका अन्दाजी २९ वर्षीय सुजन ढकालको शब् आज बिन नेपाली सेनाको उद्धार टोलीले कुण्डबाट निकालेको हो।

उनीहरु आइतबार दिउँसो करिब ४ बजे गोसाइँकुण्डमा पौडी क्रममा डुबेर बेपत्ता भएका प्रहरीले जानकारी दिएको छ। उक्त घटनाको सुचना पाए लगत्तै घटनास्थलतर्फ लागेको नेपाली सेनाको उद्धार टोली राती अबेर गोसाईकुन्ड पुगेको थियो।
वर्षाट भैरहेका बीच पनि आज बिहान साढे सात बजेदेखि कुण्डमा बेपत्ता युवाहरुको खोजी शुरु नगरेको नेपाली सेनाको उद्धार टोलीले करीब १० बजे दुइबै युवालाई मृत अवस्थामा फेला पारि बाहिर निकालेको प्राप्त समाचारमा जनाइएको छ।
गहिरो ठाउँबाट स्नान गर्न कुण्डमा पसेका कारण उनीहरु डुबेको हुनसक्ने आँकलन गरिएको छ।
बेपत्ताको खोजीका लागि नेपाली सेना श्रीनाथ गण, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका अधिकृत तथा जवानलाई आइतबार नै गोसाइँकुण्ड पुगेका थिए।
नेपाली सेना, श्रीनाथ गणबाट खटिएको टोलीले स्थानीय श्रोत र साधनको प्रयोग गरी बेपत्ता युवककाे खाेजी गरेकाे थियाे। ती युवककाे शव कुण्डबाट निकालिएकाे र नेपाल प्रहरीलाई बुझाउने क्रममा रहेको सेनाले जनाएको छ।
गोसाइकुण्ड गाउँपालिका-५ स्थित चारहजार ३८० मिटरको उचाईमा रहेको गोसाइँकुण्ड चौथाइ माइल फराकिलो नीलो पानीको सरोवर हो। गोसाइँकुण्ड ताल १ हजार ३० हेक्टर क्षेत्रफलमा फैलिएको छ।
गोसाइँकुण्ड मेला तथा जनैपूर्णिमा अवसरमा तीर्थयात्रीहरूको भीड बढिरहेको बेला भएको यस घटनाले सम्पूर्ण श्रद्धालुहरूलाई सचेत र सावधानी अपनाउन आग्रह गरिएको छ।