पोखरा, ११ साउन २०८२।
गएताती सुर्खेतमा नेपाली सेनाका एक जना पूर्व सैनिकले आफ्नै श्रीमतीको हत्या गरेर प्रहरीलाई खबर गरेका छन्।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१३ करेखोलाका ४२ वर्षीय दानसिंह ठाडाले ४१ वर्षीया श्रीमती रविना थापाको हत्या गरेर प्रहरीलाई खबर गरेका हुन्।
प्रहरीका अनुसार, शनिबार मध्यराति करिब एक बजे आफ्नै श्रीमती रविना सुतेकै अवस्थामा दाउराले हानेर हत्या गरेका थिए। त्यसपछि दानसिंहले प्रहरीलाई फोन गरेर आफूले श्रीमतीको हत्या गरेको जानकारी दिंदै आफुलाई पक्राउ गर्न आउन भनेका थिए , ‘सर, श्रीमती मारेँ, पक्राउ गर्न आउनुहोस्।’
दानसिंहले फोन गरेर आफ्नो घरको ठेगाना दिएको प्रहरीको भनाइ छ। उनले प्रहरीको फोन भने वीरेन्द्रनगर नगरपालिका-१३ का वडाध्यक्ष दीपेन्द्रराज कोइरालासंग मागेको बताइएको छ।
श्रीमान-श्रीमती मात्र बस्दि आएकोमा दानसिंहले मादक पदार्थ पिउन छाडेको एक हप्ताजति मात्र भएको वडाध्यक्ष कोइरालले जानकारी दिए। उनका तीन छोरीमध्ये एक जापान छिन् भने दुइटाको बिहे भएको छ। छोरा दुबईमा छन्।
यस्तै दानसिंहले प्रहरीलाई खबर गरेलगत्तै प्रहरी चौकी करेखोलाबाट खटिएको टोलीले आइतबार बिहान २ बजेतिर ठाडालाई नियन्त्रणमा लिएको छ। रविनाको शव पोस्टमार्टमका लागि प्रदेश अस्पताल कालागाउँ लगिएको छ। पूर्वसैनिक ठाडाले किन श्रीमतीको हत्या गरे भन्ने विषयमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
हाल प्रहरीले श्रीमतीको हत्या गरेको आरोपमा दानसिंह ठाडालाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको प्रहरीले जानेको छ। हत्या पछाडिको कारण खुल्न बाँकी रहेको र आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।