पोखरा, ११ साउन २०८२।
लमजुङमा एक बालिका कृत भेटिएकी छिन्। लमजुङको सुन्दरबजार- ७ धारापानिकी ११ वर्षिया बालिका शान्ति मगर सुन्दरबजार-७ पाउँदी स्थित शिवालय मन्दिर देखि पांच सय मिटर माथि मर्स्याङ्दी नदि किनारमा मृत भेटिएकी हुन्।
उत्तानो परेको अवस्थामा मृत भेटिएकी बालिका गएको साउन २ गतेदेखि बेपत्ता थिइन्। उनी दिदी र साथीसँग श्रावण २ गते मर्स्याङ्दी नदिमा नुहाउन भनी गएकी थिइन्।
नुहाउने क्रममा पानिको छालले बगाई बेपत्ता भएपश्चात् उनको खोजी थालिएको थियो। खोजीका क्रममा उनको शव आज फेला परेको प्रहरीले जानकारी दिएको छ ।