पोखरा, ७ साउन २०८२।
लमजुङको राइनासटार सिञ्चाई आयोजनाको नहरमा एक जना महिलाको शव भेटिएको छ ।
लमजुङको राइनास नगरपालिका–५ स्थित राइनासटार सिञ्चाई आयोजनाको नहरमा बुधबार बिहान राइनास नगरपालिका–३ सिता नेपालीको शब भेटिएको हो।
नहरमा घोप्टो परेर बगिरहेको अवस्थामा अधबैंसे महिलाको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उक्त सुचना पाए पछि इलाका प्रहरी कार्यालय दुई पिप्लेबाट एक अनुसन्धान टोली घटनास्थलतर्फ गीको छ। शव केहि सडेगलेको अवस्थामा देखिएको स्थानीयले बताएका छन् ।
नेपालीको मृत्यु सम्बन्धमा अन्य अनुसन्धान जारी रहेको र शबको पोस्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको प्रहरीले बताएको छ