काठमाडौं, ५ साउन २०८२।
काठमाडौंको तारकेश्वर नगरपालिका ८ को पिपलडाँडा खेल मैदानमा एक महिला मृत भेटिएकी छिन्।
कालो कपडा, कालो झोला र कालो जुत्ता लगाएकी ती महिला मैदानको बारमा झुण्डिएको अवस्थामा भेटिएकी वडाध्यक्ष श्यामकृष्ण सापकोटाले जानकारी दिए । तर ती महिलाको पहिचान खुल्न बाँकी नै छ।
घटनास्थलमा प्रहरी र स्थानीय भेला भएका छन् । तर अहिलेसम्म कसैले पनि पहिचान गर्न नसकेको वडा सदस्य मोहन खत्रीले बताए ।