पोखरा, ५ साउन २०८२।
पोखरा, ५ साउन २०८२।
धनुषा सदरमुकाम जनकपुरमा एक युवाको क्रुर तरीकाले हत्या गरिएको छ।
महोत्तरी गाउँपालिका–१, पर्साका २८ वर्षीय बिमलेश यादव उर्फ शनिको जनकपुरको जिरोमाइलस्थित होटेल एसपी एन्ड गेस्ट हाउसमा शनिवार राति क्रुर तरीकाले हत्या गरिएको हो।
यादबमाथि शनिवार राति करिब ३ बजे धारिलो हतियारले हानेर घाइते बनाएपछि एक तल्ला माथिबाट खसालेर हत्या गरिएको धनुषा प्रहरीका प्रवक्ता डिएसपी वरुणबहादुर सिंहले जानकारी दिए।
होटलको एक तल्ला माथिबाट खसालिएका यादबालाई गम्भीर घाइते अवस्थामा उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पुर्याइएकोमा उपचारकै क्रममा क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।
उक्त घटना सम्बन्धमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।