पोखरा,७ बैशाख २०८२।
नेपाल प्रहरीको प्रहरी जवान पदमा लिखित परीक्षा दिईरहेकी एक जना नक्कली परिक्षार्थी पोखरामा समातिएकी छिन।
धनकुटाकाे पाख्रीबास नगरपालिका–५ की १९ वर्षीया ज्ञानुता विश्वकर्मा अर्कैको नाममा परिक्षा दिईरहेका बेला वडा प्रहरी कार्यालय बैदामको प्रहरी टोलीले शनिबार समातेको हो।
अभियुक्त विश्वकर्माले आइतबार बिहान ८ बजे पोखरा महानगरपालिका–७, पार्दीस्थित लोक सेवा आयोग परीक्षा भवनमा सञ्चालित परीक्षामा दर्ता नं. ३३५९२ की परीक्षार्थी आरती कुमारी मण्डलको नाममा परिक्षा दिएको प्रहरीले जानकारी दिएको छ।
ज्ञानुताविरुद्ध शिक्षा ऐन सम्बन्धी कसूरमा कास्की जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको कास्की प्रहरीले जनाएको छ ।