पाल्पामा मोटरसाइकल दुर्घटना : बुवाको मृत्यु , छोरा घाइते

पाल्पामा मोटरसाइकल दुर्घटना : बुवाको मृत्यु , छोरा घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २ बैशाख २०८२
  • 6.3K
    Shares

पोखरा,२ बैशाख २०८२।

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा बुवाको मृत्यु भएको छ भने छोरा घाइते भएका छन्।

घोरवन्दादेखि वर्तुङतर्फ जाँदै गरेको लु ६१ प ७६३६ नम्बरको मोटरसाइकल सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका–१ राई डाँडामा दुर्घटना हुँदा बुवाको मृत्यु भएको हो भने छोरा घाइते भएका छन्।

उक्त दुर्घटनामा परेर घाइते भएका तानसेन–६ घर भएका ४१ वर्षीय पदमबहादुर दर्लामीको उपचारका क्रममा तानसेनस्थित मिसन अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। दुर्घटनामा दर्लामीका छोरा १८ वर्षीय मन्दिप घाइते भएका छन्।

दुर्घटनामा घाइते भएका बावुछाेरालाई उपचारको लागि तानसेनस्थित युनाइटेड मिसन अस्पताल पठाइएको थियो। उपचारकै क्रममा पदमबहादुरको मृत्यु भएको र छोराको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ। उकालो सडकमा ब्याक भएर मोटरसाइकल दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार