नयाँ वर्ष मनाउन बराहताल जाँदै गरेका यात्री चढेको जिप बागलुङमा दुर्घटना: १२ जना घाइते

नयाँ वर्ष मनाउन बराहताल जाँदै गरेका यात्री चढेको जिप बागलुङमा दुर्घटना: १२ जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २ बैशाख २०८२
  • 7K
    Shares

बागलुङ, २ बैशाख २०८२।

बागलुङको तमानखोला गाउँपालिका-२ स्थित कटेरीमा सोमबार भएको जिप दुर्घटनामा १२ जना घाइते भएका छन्।

नयाँ वर्ष मनाउनका लागि बोंगादोभानदेखि बराहताल जाँदै गरेको ग १ ज ५७०५ नम्बरको पिकअप जिप सोमबार दिउँसो तमानखोलाको कटेरीमा दुर्घटनाग्रस्त हुँदा १२ जना घाइते भएका हुन्।

दुर्घटनामा तमानखोला गाउँपालिकाकी सहायक प्रशासकीय अधिकृत गलकोट नगरपालिका–१ की ३० वर्षीया मुना विक, नायब सुब्बा पशु शाखा प्राविधिक जुम्ला कन्कासुन्दरी गाउँपालिका–२ का २६ वर्षीय प्रेम रावल, सहायक लेखा अधिकृत रुकुम पश्चिम बाँफिकोट गाउँपालिका–६ का ३२ वर्षीय सुदर्शन कुसारी, कार्यालय सहयोगी तमानखोला गाउँपालिका–२ का २९ वर्षीय सचिन विक, प्राविधिक सहायक रुकुम पश्चिम चौरजहारी नगरपालिका–१३ का २३ वर्षीयको नवीन मल्ल घाइते भएका छन् ।

त्यस्तै गाउँपालिकाकी पूर्वउपाध्यक्ष तमानखोला गाउँपालिका–१ की ५२ वर्षीया मनसरी शेरचन, सोही स्थानकी ६३ वर्षीया इन्द्राकुमारी गिरी, २५ वर्षीया वसन्ती मगर, सोही स्थानका गाडी चालक २७ वर्षीय सुशील रसाइली, १२ वर्षीया मनी मगर र तमानखोला गाउँपालिका–२ की २० वर्षीया झरना गिरी घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए ।

घाइतेमध्ये सहायक प्रशासकीय अधिकृत मुना विक र प्राविधिक सहायक नवीन मल्लको अवस्था गम्भीर रहेको यादवको भनाइ छ ।

घाइते मध्ये २ जनालाई थप उपचारका लागि धौलागिरी प्रादेशिक अस्पताल बागलुङ पठाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अन्य घाइतेहरूको बुर्तिबाङ अस्पतालमा उपचार भइरहेको ।

प्रतिक्रिया
सम्बन्धित समाचार