पोखरा, २७ चैत २०८१।
नेपालमा छिमेकीलाई गोलि हानेर हत्या गरेर भागेका एक जना व्यक्ति भारतमा पुजारी बनेको अवस्थामा पक्राउ परेका छन्।
छिमेकी ढोडा मुखिया विनको २०६४ सालको वैशाख २५ गते गोली हानेर हत्या गरेर भागेका पर्साको विन्दवासिनी गाउँपालिका २ का ६२ वर्षीय लोकनाथ साह तेली भारतस्थित चम्पारण पिरियामा रहेको रामजानकी मन्दिरमा पूजारी बनेको अवस्थामा पक्राउ परेका हुन्।
१० वर्ष अघिदेखि रामजानकी मन्दिरमा पुजारी बनेर बस्दै आएकोमा हाल नेपालस्थित घर आएको बेला तेलीलाई प्रहरीले पक्राउ गरेको प्राप्त समाचारमा जनाइएको छ।
छिमेकी ढोडा मुखिया विनकोहत्यापश्चात भागेका लोकनाथलाई कर्तव्य ज्यानसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले २०६९ कात्तिक २४ गते सर्वस्वसहित जन्मकैद ठहर गरेको थियो । छिमेकीका हत्यारा तेलीलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत पर्सामा पेश गरिएको व्यूरोका प्रहरी उपरीक्षक सुधिरराज शाहीले जानकारी दिए ।