मानिसको टाउकोको कंकाल मुखमा च्यापेर कुकुर गाउँ पसेपछि ………. ……

मानिसको टाउकोको कंकाल मुखमा च्यापेर कुकुर गाउँ पसेपछि ………. ……


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २६ चैत्र २०८१
  • 13.4K
    Shares

पोखरा, २६ चैत २०८१।

गुल्मीमा कुकुरकाकारण साढे दुई महिनादेखि बेपत्ता रहेका एक व्यक्तिको हत्या भएको खुलेको छ।

साढे दुई महिनादेखि बेपत्ता रहेका गुल्मी जिल्लाको गुल्मीदरबार गाउँपालिका वडा नम्बर ६, बेलपोखराका ५५ वर्षीय रतन शाहीको टाउकोको कंकाल मुखमा च्यापेर कुकुर गाउँ पसेपछि उनको हत्या भएको खुलेको हो।

प्रहरीका अनुसार, कुकुरले सोमबार कंङ्काल मुखमा च्यापेर गाउँमा डुलिरहेको स्थानीय जनप्रतिनिधि सुन्दर कुँवरले देखे पछि प्रहरीलाई खबर गरेका थिए। उक्त खबर पाए पछि घटनास्थलमा पुगेको प्रहरीले उक्त मानव टाउको साढे दुई महिनादेखि बेपत्ता रहेका स्थानीय रतन शाहीको भएको खुलेको प्रहरिले जानकारी दिएको छ। त्यसपछि मंगलबार प्रहरीले स्थानीयको सहयोगमा खोजी कार्य गर्दा कालिका सामुदायिक वन क्षेत्रमा शाहीका अन्य शरिरका कङ्काल र उनले लगाएका कपडा फेला परेका बताइएको छ। कपडा र छिमेकीका प्रमाणका आधारमा मृतकको पहिचान गरिएको वडाध्यक्ष मुकेश थापाले जानकारी दिए ।

उनका अनुसार रतन शाही परिवारविहीन थिए र एक्लै बस्दै आएका थिए । घाँस काट्न गएका बेला लडेर ज्यान गएको हुन सक्ने अनुमान गरिएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार