धरानको जंगलमा महिलाको शव अर्धनग्न अवस्थामा भेटियो : हत्याको आशंका

धरानको जंगलमा महिलाको शव अर्धनग्न अवस्थामा भेटियो : हत्याको आशंका


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २६ चैत्र २०८१
  • 4.4K
    Shares

पोखरा, २६ चैत २०८१।

धरानस्थित पाँचकन्या सामुदायिक वन क्षेत्रमा एक महिलाको शब अर्धनग्न अवस्थामा भेटिएको छ।

धरान उपमहानगर वडा नम्बर- ६ स्थित पाँचकन्या सामुदायिक वन क्षेत्रस्थित लसुनेको रुखमा अड्याएर राखिएको अवस्थामा अर्धनग्न महिलाको शब भेटिएको हो। शबको पहिचान खुल्न नसकेको प्रहरीले जानकारी दिएको छ।

स्थानीयले गोठालाहरुले अर्धनग्न अवस्थामा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। करिब ३० वर्ष जतिकी ती महिलाको शवको अवस्था र घटनास्थलको प्रारम्भिक अवलोकनका आधारमा महिलाको घाँटी कसेर हत्या गरिएको आशङ्का प्रहरीले गरेको छ।

‘घटनाको बारेमा अनुसन्धान सुरु गरेका छौँ,’ जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी सुमनकुमार तिमल्सिनाले भने, शव भेटिएको स्थानमा फरेन्सिक टोलीसहित तालिम प्राप्त कुकुर प्रयोग गरेर अनुसन्धान अगाडि बढाइएकाे छ।’

प्रहरीले घटनाको प्रकृति अत्यन्तै गम्भीर र शङ्कास्पद रहेको जनाएको छ। प्रहरीले शव पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ। ती महिलाको पहिचानको प्रयास भइरहेको प्रहरीको भनाई छ।

यसैबीच अन्दाजी ३० वर्षीया, मंगोलियनजस्तो देखिने वर्ण, नाकमा नत्था लगाएको, कानमा टप लगाएको, माथि सेतो खैरो सर्ट, तल निलो जिन्सको पाइन्ट लगाएको, हातमा घडी र सेतो बाला लगाएको, सेतो खैरो कलरको जुत्ता लगाएको महिलाको शव पहिचानका लागि आग्रह गरिएको सुनसरी प्रहरीले जनाएको छ ।सांकेतिक चित्र

प्रतिक्रिया
सम्बन्धित समाचार