पोखरा, २६ चैत २०८१।
कैलालीमा आफ्नै भतिजी वलात्कार गरेको आरोपमा काका पक्राउ परका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका– २ कृष्णनगरका २४ वर्षीय युवक आफ्नै भतिजी वलात्कार गरेको आरोपमा आइतबार राती पक्राउ परेका हुन्।
बालिकालाई जबरजस्तीकरणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट बिशालनगरबाट खटिएको प्रहरी टोलीले युवकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।
जोशीका अनुसार घटना १७ चैतको भए पनि ढिलो गरी प्रहरीमा उजुरी परेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको इन्सपेक्टर जोशीले बताए।
Facebook Comments Box