उपल्लो मुस्ताङस्थित कोरला सडकमार्गमा स्कर्पिओ दुर्घटनाग्रस्त : तीन यात्रु घाईते

उपल्लो मुस्ताङस्थित कोरला सडकमार्गमा स्कर्पिओ दुर्घटनाग्रस्त : तीन यात्रु घाईते


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २५ चैत्र २०८१
  • 7K
    Shares

उपल्लो मुस्ताङ स्थित कोरला सडकमार्गमा दुर्घटनाग्रस्त स्कर्पिओ गाडी

पोखरा, २५ चैत २०८१।

हिमालपारिको जिल्ला मुस्ताङ अन्तरगत पर्ने उपल्लो मुस्ताङस्थित कोरला सडकमार्गमा स्कर्पिओ दुर्घटनाग्रस्त हुँदा तीन यात्रु घाईते भएका छन्।

कोरलानाकाबाट लोमान्थाङतर्फ फर्किदै गरेको बीएइ ६५०१ नम्बरको स्कर्पिओ जीप आईतबार बिहान चीनसंग सीमाना जोडिएको लोमान्थाङ गाउँपालिका—२ न्यानोल स्थित कोरला सडकमार्गमा पल्टिएर दुर्घटनाग्रस्त हुँदा तीन जना घाइते भएका हुन्।

उक्त दुर्घटनामा परेर काठमान्डौं टोखा नगरपालिका—७ बस्ने ११ वर्षीय दिपेन श्रेष्ठ, ६० वर्षीय चुनकुमारी श्रेष्ठ र ६३ वर्षीय धनलक्ष्मी श्रेष्ठ सामान्य घाईते भएको र उनीहरुको जोमसोम स्थित प्रदेश अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विशाल अधिकारीले जानकारी दिए।

चालकसहित नौ जना यात्री लिएर कोरलानाका पुगेपछि जोम्सोम्तिर फर्किदै गर्दा भएको उक्त जिप दुर्घटनामा अन्य छ जना भने सकुशल रहेको प्रहरीले जानकारी दिएको छ। काठमान्डौंको टोखाबाट मुक्तिनाथ दर्शन र कोरलानाका घुम्न आएका सबै यात्रु आफन्त रहेको प्रहरीले बताएको छ । दुर्घटनाग्रष्त उक्त जीपमा आशिंक क्षति हुन पुगेको प्रहरीले बताएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार