अर्घाखाँची, २४ चैत २०८१।
अर्घाखाँचीमा एकाबिहानै जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। जिल्लाको मालारानी–३ लुटीपोखरीबाट मालारानी–४ खनदहतर्फ जाँदै गरेको लु २ च २९९० नम्बरको सिङ्गल क्याब जिप अनियन्त्रित भई दुर्घटनाग्रस्त हुँदा चालक मालारानी ४ बस्ने वर्ष २२ को दिलिप खनाल र मालारानी–४ वर्ष २१ को बालकृष्ण रिजालको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क लगिएकोमा बिहान ५ः५५ बजे चिकित्सकले मृत घोषणा गरिएको इलाका प्रहरी कार्यालय खनबाट प्रहरी निरीक्षक जगन्नाथ मरासिनी जानकारी दिए। सोहि दुर्घटनामा परेर घाइते भएका मालारानी ४ का वर्ष १७ का बसन्त पोखरेल र वर्ष १७ कै भुवन पोखरेललाई थप उपचारका लागि बुटवल रिफर गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।