पोखरा, २४ चैत २०८१।
काठमाण्डौका विभिन्न मन्दिरमा मानव पिशाब छर्केको भन्दै एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। काठमाण्डौं महानरपालिका वडा १७ धोबीचौर बस्ने ६१ वर्षीया मिठु तिवारी गर्ताैलालाई प्रहरीले विभिन्न मन्दिरमा मानव पिशाब छर्केको भन्दै पक्राउ गरेको हो।
धर्म परिवर्तन गरी क्रिश्चियत भएकी गर्ताैलाले मन्दिरमा कोही नभएको मौका पारी मानव पिशाब छर्केर हिड्ने गरेको उजुरी परेपछि उनलाई नेपाल प्रहरीको स्वयम्भु वृत्तले पक्राउ गरेको प्राप्त समाचारमा जनाइएको छ।
प्रहरीका अनुसार , मन्दिरमा कोही नभएको मौका पारी एक जना महिलाले बोतलमा पिसाब लिएर आई आदेश्वर मन्दिर भित्रको मूर्ति समेतमा पिसाब फाली फरार भएको निवेदन प्राप्तभएपछि उनको खोजी शुरु गरिएको थियो। अर्को पटक गर्तौलाले फागुन २१ गते पनि सोही आदेश्वर मन्दिरमा आई पिसाब छर्केको भेटिए पछि उनलाई चैत २१ गते पक्राउ गरिएको प्रहरीले बताएको छ।
उनले नागार्जुन नगरपालिका-५ स्थित चुण्डेश्वर मन्दिर, सीतापाइलास्थित गणेश मन्दिर, हरिसिद्धी मन्दिरमा समेत पिसाब छर्केर फोहोर तथा दूषित कार्य गरेको प्रहरीको दाबी छ ।
घटनाको सम्बन्धमा सिसिटिभी फुटेजको आधारमा खोजतलास गर्ने क्रममा गर्तौलालाई चैत २१ गते दिउँसो प्लास्टिकको बोतलमा पिसाब जस्तो देखिने तरल पदार्थ रहेको ५ वटा बोतल साथमा लिई आदेश्वर मन्दिरमा आएको अवस्थामा पक्राउ गरिएको हो ।
उनीमाथि ‘धर्म सम्बन्धी कसुर’मा मुद्दा दर्ता भई काठमाडौँ जिल्ला अदालतबाट पांच दिन थप गरेर थप अनुसन्धान कार्य भइरहेको छ ।