अमेरिकामा तीन हप्तादेखि बेपत्ता नेपाली युवा मृत भेटिए

अमेरिकामा तीन हप्तादेखि बेपत्ता नेपाली युवा मृत भेटिए


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २३ चैत्र २०८१
  • 25.7K
    Shares

अमेरिकामा बेपत्ता निकेश आचार्य

पोखरा, २३ चैत २०८१।

तीन हप्तादेखि अमेरिकामा बेपत्ता रहेका नेपाली युवा मृत भेटिएका छन्

अमेरिकाको ओहायो राज्यको पिकरिंगटन सहरमा बसोबास गर्दै आएका २८ वर्षीय नेपाली युवा निकेश आचार्य ओहायोस्थित हुभर बाँध westerville मा मृत भेटिएका हुन्।

नेपालको मोरङको उर्लाबारी घर भएका आचार्य गएको मार्च २४ गतेदेखि बेपत्ता थिए। उनले चढ्ने गरेको सन् २०१८ मोडलको डार्क ग्रे रंगको टोयोटा RAV4 (ओहायो प्लेट KDP7492) गाडी पनि सोही ठाउँमा फेला परेको थियो।

११ बर्ष अगाडी बिधार्थी भिसामा अमेरिका पुगेका निकेश आचार्य बेलुका सकुसल सुतेकोमा बिहान ३ः३० बजे घरमा नदेखिए पछि खोजीका लागि उनका परिवारले प्रहरीमा खबर गरेका थिए।
उनले प्रयोग गर्ने निजी संचार उपकरण , वालेट पनि घर मै छोडी हिंडेको पारिवारिक श्रोतले जानकारी गराएको छ ।

पेशाले इन्जिनियर (अभियन्ता)उनि धेरै बर्ष नर्थ डाकोटामा काम गरे पछि करिव दुई बर्ष अगाडी ओहायो राज्यको कोलम्बस नजिक बसाई सराई गरि सपरिवार आएका थिए ।

२०१६ मा बिबाह बन्धनमा बाधिएका उनि श्रीमती ,एक छोरा र एक छोरी साथ कोलम्बस नजिक बस्दै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार