वनमा लागेको डढेलोमा परेर पाँचथरमा एक युवतीको मृत्यु, अन्य चार जना घाइते

वनमा लागेको डढेलोमा परेर पाँचथरमा एक युवतीको मृत्यु, अन्य चार जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २२ चैत्र २०८१
  • 6.1K
    Shares

पोखरा, २२ चैत २०८१।

वनमा लागेको डढेलोमा परेर पाँचथरमा एक युवतीको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन्।

जिल्लाको कुम्मायक गाउँपालिका–३ ताम्राखुमा वनमा लागेको डढेलोमा परी बिहीबार सोही वडाको हात्तीपोखरीकी २६ वर्षीया प्रतिमा सम्बाहाम्फेको मृत्यु भएको हो ।

बिहीबार प्रतिमासँगै २८ वर्षीया सपना सम्बाहाम्फे, ११ वर्षीया शिवाना सम्बाहाम्फे र ६० वर्षीया निरमाया सम्बाहाम्फे घाँस काट्न जङ्गल गएका थिए । आगलागीबाट जोगिन भाग्ने क्रममा उनीहरु डढेलोमा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विनालाल साहले जानकारी दिए ।

घाइते चारै जनालाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । प्रतिमाको गए राति बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य तीन जनाको धरानमा उपचार भइरहेको छ । उक्त वनमा लागेको आगो अझैसम्म नियन्त्रण नआएको कुम्मायक–३ का वडाध्यक्ष बावुराम कार्कीले जानकारी दिए ।

हावाहुरी चल्नासाथ डढेलो वस्तीमा पस्ने खतरा रहेको उहाँको भनाइ छ । आगो निभाउन गएका स्थानीय खगेन्द्र विक लडेर घाइते भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार