पोखरा, २१ चैत २०८१।
अबैध रुपमा हुन्डी कारोबार गरेको आरोपमा प्रहरीले काठमाण्डौको महाबौद्धबाट एक जना तिब्बेतियन महिला पक्राउ परेकी छिन।
तिब्बत स्थायी वतन तथा सुजा ३ जोगिन्दर नगर, मडी भारत ठेगाना भई हाल काठमाडौँ महानगरपालिका–६ बौद्ध, बस्ने वर्ष २६ की रिक्सि वाङमो अबैध रुपमा हुन्डी कारोबार गरेको आरोपमा काठमाडौँको महाबौद्ध क्षेत्रबाट पक्राउ परेकी हुन्। उनको साथबाट उनको साथबाट प्रहरीले एक हजार दरको नोट थान एकहजार एकसय ८३ थान, पाँचसय दरको नोट थान एकहजार आठ सय १८ थान गरी जम्मा २० लाख ९२ हजार नगद तथा आईफोन कम्पनीको मोबाइल थान–१ बरामद भएको प्रहरीले जानकारी दिएको छ।
उनलाई काठमाडौँ जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।