पर्वतमा ट्याक्टर पल्टियो : १५ वर्षीय किशोरको मृत्यु, चालक गम्भीर घाइते

पर्वतमा ट्याक्टर पल्टियो : १५ वर्षीय किशोरको मृत्यु, चालक गम्भीर घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २० चैत्र २०८१
  • 11.9K
    Shares

पोखरा, २० चैत २०८१।

पर्वतमा मंगलवार दिउँसो भएको ट्याक्टर दुर्घटनामा परी १५ वर्षीय एक किशोरको घटनास्थलमै ज्यान गएको छ ।

जिल्लाको जलजला गाउँपालिका वडा नं ५ लेखफाँटमा मंगलबार भएको ट्याक्टर दुर्घटनामा परी जलजला गाउँपालिका–५ गिद्धेश्वरका १५ वर्षीय रोशन परियारको घटनास्थलमै मृत्यु भएको हो।

सोही दुर्घटनामा परेर ट्याक्टर चालक सोही स्थानका २० वर्षीय अनिल रेग्मीको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ। घाइते रेग्मीलाई थप उपचारका लागि प्रदेश अस्पताल म्याग्दी पठाइएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले जानकारी दिए।

प्रहरीका अनुसार , लेखफाँटको गिद्धेश्वरबाट गैरीगाउँतर्फ जाँदै गरेको ग१त २२६० नम्बरको खाली ट्र्याक्टर सडकदेखि एक सय मिटर तल भिरमा खसेर दुर्घटना भएको हो।

घटनाका बारेमा बारीबेनी प्रहरी चौकीबाट पुगेको प्रहरीको टोलीले अनुसन्धान गरिरहेको सापकोटाले बताए। चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ। सांकेतिक चित्र

प्रतिक्रिया
सम्बन्धित समाचार