रतुवा मृग मारेको आरोपमा स्याङजाबाट दुई जना शिकारी समातिए

रतुवा मृग मारेको आरोपमा स्याङजाबाट दुई जना शिकारी समातिए


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २० चैत्र २०८१
  • 61.2K
    Shares

पोखरा, २० चैत २०८१।

दुर्लभ बन्यजन्तु रतुवा मृग मारेको आरोपमा स्याङजाबाट दुई जना शिकारी समातिएका छन्। जिल्लाको पुतलीबजार नगरपलिका वडा नं.-११ माझी डाँडा जङ्गलमा मंगलबार मध्यराती रतुवा मृग मारेको आरोपमा दुई जना शिकारी समातिएका हुन्।

रतुवा मृग मारेको आरोपमा पक्राउ परेका अभियुक्तहरुमा स्याङ्जा पुतलीबजार नगरपालिका वडा नं.-१० का अन्दाजी ४४ वर्षको खर्क बहादुर गुरुङ र सोही नगरपालिकाको वडा नं.-११ बस्ने वर्ष अन्दाजी ४३ को सौबहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जानकारी दिएको छ।

प्रहरीले उनीहरुको साथबाट एक थान भरुवा बन्दुक र एउटा मारिएको रतुवा मृग पनि बरामद गरेको प्राप्त समाचारमा जनाइएको छ।

पक्राउ परेका दुवै जनाका बारेमा आबश्यक अनुसन्धान भैरहेको र मृत रतुवा मृग थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय स्याङ्जामा बुझाईएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार