पोखरा,१९ चैत २०८१।
मकवानपुरको सिस्नेरी दहमा डुबेर तीनजना बालकको मृत्यु भएको छ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नं. ३ स्थित सिस्नेरी कुलेखानी खोलाको दहमा सोमबार दिउँसो पौडी खेल्ने क्रममा डुबेर तीन जना बालकको मृत्यु भएको हो।
पौडी खेल्ने क्रममा सिस्नेरी दहमा डुबेका इन्द्रसरोवर गाउँपालिका ३ का १४ वर्षीय सुशान्त आचार्य छन् । यस्तै, मृत्यु हुनेमा काभ्रे जिल्ला नमोबुद्ध घर भएका १४ वर्षीय प्रमेश घोरसाइनी र ११ वर्षीय प्रभात घोरसाइनीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
मृत्यु भएका तीन मध्ये प्रमेश र प्रभात दाजु भाइ भएको र उनीहरु परीक्षा सकेर काभ्रेबाट मामाघर आएको बताइएको छ।
पौडी खेल्न गएका उनीहरु पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएकोमा अचेत अवस्थामा उद्धार गरी उपचारका लागि पाटन अस्पताल लगिएकोमा चिकित्सकले साँझ मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय भीमफेदी मकवानपुरका प्रहरी निरीक्षक ललिता ढकालले जानकारी दिइन्।